बिहीबार, असार ४, २०८३

कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ। कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

समितिका संयोजक एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहनुभएको अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ।

यसैगरी बैठकले समिति सदस्य डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सदस्यहरु गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा प्रिति मण्डल सदस्य रहनुभएको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरेको छ। बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको सदस्यसचिव डा. पराजुलीले बताए। 

प्रकाशित: Sep 21, 2022| 23:00 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...