बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता धुलिसात बनाइन् : बृहत् नागरिक आन्दोलन

राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता धुलिसात बनाइन् : बृहत् नागरिक आन्दोलन

संवैधानिक व्यवस्थाअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थाका मूल्यमान्यता धुलिसात बनाएको ठहर गरेको छ। संवैधानिक व्यवस्थाअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेको छ। 

National life

'संविधान उल्लंघन गर्दै बलमिच्याई गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ। त्यसैले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सवोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत नागरिक आन्दोलनको ठहर छ,' विज्ञप्तिमा भनिएको छ, 'कुत्सित उद्देश्यसहित वारम्बार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो।' 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनले दोस्रो पटक पारित गरेर प्रमाणीकरणको लागि पठाएको 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ दिनभित्र अनिवार्य प्रमाणित गर्नुपर्ने संवैधानिक प्रावधान अस्वीकार गरेकी थिइन्। विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक सीमा मंगलबार राति १२ बजे सकिएको थियो। 

नागरिकता विधेयकमा भाँजो हालेर राष्ट्रपतिले लामो समयदेखिका अनागरिकलाई नागरिक हुनबाट वञ्चित गरेकोसमेत आन्दोलनको आरोप छ। 

प्रकाशित: Sep 21, 2022| 21:53 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...