मंगलबार, साउन १९, २०८३

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु प्रतिगमन हो : निधि

‘संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो। संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार हो,' उनले भने, 'राष्ट्रिय एकता र सामाजिक स्थिरतालाई बिथोली द्वन्द्व सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले प्रतिगमनकारी प्रहार गरेको टिप्पणी गरेका छन्। बुधबार ट्विट गर्दै उनले यस्तो बताएका हुन्। 

संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा मंगलबार राति १२ बजेसम्मका लागि भएकोमा राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि नेता निधिले बुधबार ट्विट गर्दै यसबाट मुलुकमा ठूलो दुर्घटना निम्त्याउन खाजेको बताएका हुन्।

‘संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो। संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार हो,' उनले भने, 'राष्ट्रिय एकता र सामाजिक स्थिरतालाई बिथोली द्वन्द्व सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

प्रकाशित: Sep 21, 2022| 18:53 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...