बिहीबार, जेठ १८, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले थाल्यो घोषणापत्र बनाउने काम, लोकरिझ्याँइका सपना नबाँडिने

कांग्रेसले थाल्यो घोषणापत्र बनाउने काम, लोकरिझ्याँइका सपना नबाँडिने

समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो। 

Everest Bank

कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो। सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ। घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने काम मात्रै राखेर घोषणापत्र तयार गरिने जानकारी दिए। 

‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के गर्‍यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाँड्नु भन्दापनि नेपाली काँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्नसकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं,' पोखरेलले भने, 'त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ। जुन नेपाली काँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिवद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी शुरु भएको छ।’

नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि उनले स्पष्ट पारे।

प्रकाशित: Sep 21, 2022| 06:22. 35 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।