बिहीबार, जेठ १८, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्दा सर्वोच्च संस्थाको गरिमामा आघात : पूर्वराष्ट्रपति यादव

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्दा सर्वोच्च संस्थाको गरिमामा आघात : पूर्वराष्ट्रपति यादव

राष्ट्रपति भण्डारीले संविधानमै नभएको बाटो रोज्नु लोकतन्त्रका अनिष्टकारी भएको पूर्वराष्ट्रपति यादवको दाबी।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेर गरिमामय संस्थाको गरिमामा आघात पुगेको बताएका छन्।

Everest Bank

बुधबार जनकपुरधामको जेठो विद्यालय सरस्वती नमुना माध्यमिक विद्यालय भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति यादवले दोस्रो पटक शीतलनिवास पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसद्को मात्र नभई राष्ट्रपति कार्यालयजस्तो सर्वोच्च संस्थाको गरिमासमेत उल्लंघन गरेको आरोप लगाए।

राष्ट्रपतिको यो कदमले देश फेरि प्रतिगमन तर्फजान सक्ने भन्दै पूर्वराष्ट्रपति यादवले जनतालाई सचेत गराए। उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको बताए।

पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेर्नुपथ्र्यो। कानुनविद्, संविधानविद् तथा विद्वान्सँग छलफल गरेर अगाडिको कदम उठाउन सक्नुहुन्थ्यो। अन्य विकल्प हुँदाहुँदै पनि संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत हो। लोकतन्त्रका लागि यो घटना सामान्य नभई अनिष्टकारी हो।’

प्रकाशित: Sep 21, 2022| 04:29. 55 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।