बुधबार, जेठ २४, २०८०

राष्ट्रपतिको कदमविरुद्ध अदालत जान्छौं : प्रचण्ड

राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन दलका भ्रातृ संगठनहरू बुधबारदेखि नै सडक आन्दोलन चर्काउन परिचालित भइसकेको प्रचण्डको खुलासा।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारी भइरहेको बताएका छन्। बुधबार खुमलटार निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

Everest Bank

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि कानुनी बाटो पहिल्याउन अधिवक्ताहरूसँग परामर्श भइरहेको उनले जानकारी दिए। संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएकाले अधिवक्तासँग परामर्श भइरहेको प्रचण्डको भनाइ छ।

‘हिजो राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो। संवैधानिक व्यवस्थाअनुसार विधेयकलाई राती  १२ बजेसम्म  रोक्ने राष्ट्रपतिलाई अधिकार छैन। जसरी पनि प्रमाणीकरण गर्नैपर्ने थियो। राष्ट्रपतिले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो।’ राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डले दाबी गरे।

‘राष्ट्रपतिको कदम  संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध छ’, प्रचण्डले भने। राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन दलका भ्रातृ संगठनहरू बुधबारदेखि नै सडक आन्दोलन चर्काउन परिचालित भइसकेको उनले बताए।

प्रकाशित: Sep 21, 2022| 04:06. 08 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्