शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • उपराष्ट्रपति पुनले निकाले विज्ञप्ति : संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन

उपराष्ट्रपति पुनले निकाले विज्ञप्ति : संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन

संविधानको पालना र संरक्षणका लागि सबै पक्ष सचेत रहनुपर्नेमा उपराष्ट्रपति पुनको जोड।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

National life insurance
worldlink

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्। उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरेका छन्। 

उपराष्ट्रपति पुनले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्मरण गराएका हुन्। संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाटै संविधानको पालना र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थिति सिर्जना हुनु दुःखद हो।’ उनले संविधानको पालना र संरक्षणका लागि सबै पक्षसँग आग्रह गरेका छन्।

प्रकाशित: Sep 21, 2022| 03:13. 11 बुधबार, असोज ५, २०७९