मंगलबार, साउन १९, २०८३

प्रधानमन्त्री देउवाले बोलाए बालुवाटारमा कानुनविद्

राष्ट्रपति भण्डारीको कदमबारे कानुनी परामर्श लिन प्रधानमन्त्री देउवाले बालुवाटारमा कानुनविद्हरुलाई बोलाएका हुन्
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि कानुनी परामर्श लिन बालुवाटारमा कानुनविद्हरूलाई बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्लाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।

प्रधानमन्त्री देउवाले करिब २० जना कानुनविद्सँग राष्ट्रपतिको कदमबारे सुझाव लिनेछन्। यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताइसकेको छ।

प्रकाशित: Sep 21, 2022| 14:57 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...