बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनको एकैस्वर : संवैधानिक व्यवस्थामाथि राष्ट्रपतिबाटै प्रहार भयो

सत्ता गठबन्धनको एकैस्वर : संवैधानिक व्यवस्थामाथि राष्ट्रपतिबाटै प्रहार भयो

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले राष्ट्रपतिले संसदको अपमान गरेकोसमेत बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

काठमाडौं- सत्ताधारी चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको ठहर गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले राष्ट्रपतिले संसदको अपमान गरेकोसमेत बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। 

‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ,’ प्रधानमन्त्री एवम् कांग्रेस सभापतिसहित माओवादी केन्द्र, नेकपा एस र जसपा अध्यक्षको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ। 

मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। संविधानको संरक्षण गर्नुपर्ने भूमिकामा रहेकै संस्थाबाट असंवैधानिक काम भएको भन्दै भण्डारीले राष्ट्रपतिको पदबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ। 

प्रकाशित: Sep 21, 2022| 12:58 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...