मंगलबार, साउन १९, २०८३

तमलोपाद्वारा राष्ट्रपतिको राजीनामा माग

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान घोर उल्लंघन गरेको भन्दै तमलोपाले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो।

'संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन। हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं,' तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको तमलोपाको आरोप छ। राष्ट्रपतिको कदमलाई आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्र भएको तमलोपाको ठहर छ।



प्रकाशित: Sep 21, 2022| 12:56 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...