मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनबाट आउँदै वक्तव्य

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनबाट आउँदै वक्तव्य

वक्तव्य ड्राफ्ट भइरहेको र केही बेरमै सार्वजनिक गर्ने तयारीमा सत्ता गठबन्धन।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि त्यसबारे वक्तव्य जारी गर्ने भएको छ।

गठबन्धन दलमा आबद्ध शीर्ष नेतृत्व सहभागी बैठकमा संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण नगरेपछि वक्तव्य जारी गर्ने निष्कर्षमा पुगेको हो।

‘राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै  वक्तव्य जारी गर्दै छौं,’ बैठकमा सहभागी एक नेताले नेपाल समयलाई भने।

वक्तव्य ड्राफ्ट भइरहेको र केही बेरमै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।

बुधबार बिहानैदेखि बालुवाटारमा बसेको  सत्ता गठबन्धन बैठकमा राष्ट्रपतिका कदमबारे छलफल भइरहेको छ।

प्रकाशित: Sep 21, 2022| 11:53 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...