मंगलबार, साउन १९, २०८३

राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज प्रदर्शन गरिने भएको छ। नागरिकताविहीन संघर्ष समिति नेपालले दिउँसो १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज प्रदर्शन गरिने भएको छ। नागरिकताविहीन संघर्ष समिति नेपालले दिउँसो १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ।

राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको भन्दै समितिले विरोध गर्न लागेको हो। यस्तै जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरिएको छ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत कसहामा प्रदर्शन गरेका छन्। 

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए। यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरेको थियो।

प्रकाशित: Sep 21, 2022| 11:40 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...