बुधबार, असार ३, २०८३

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खोलिँदै

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने भएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको बताएका हुन्।

मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाइसकिएको आयोगले बताएको छ।

प्रकाशित: Sep 21, 2022| 11:08 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...