आइतबार, मंसिर ७, २०८२

मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मंगलबारबाट सुरू भएको हो।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

मोरङ- मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मंगलबारबाट सुरू भएको हो। खेलमा नेपालसहित भारत र बङ्गलादेशका एक सय २० खेलाडीले भाग लिएका छन्। 

National life

प्रतियोगितामा चार लाख ६० हजार राशि पुरस्कार रहेको साथै अन्तर्राष्टियस्तरको प्रतियोगिता पूर्वमा  पहिलोपटक आयोजना गरिएको हो। सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले खेलको उद्घाटन गरेका थिए। 

उनले  यस क्षेत्रको विकास, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै कमै मात्रामा हुने यस प्रकारका खेलमा बालबालिकालाई समेत सहभागी गराउनसके उनीहरूको बौद्विक विकास हुने बताए। प्रतियोगिता  सुइस लिगअन्तर्गत नौ राउण्डमा हुने साथै  नेपालको चेस खेलको विकास र  खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने आयोजकले बताएको छ। प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ।

यस्तै  दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ५० हजार तथा  चौथो हुनेले रु ३० हजारसहित ट्रफी हात पार्ने उल्लेख गरिएको छ। खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिनुका साथै  त्यो राशि पाँच हजारभन्दा माथि राखिएको खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले बताए। खेल आगामी ८ गतेसम्म सञ्चालन हुने छ।  उद्घाटन कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष देवेन्द्र काफ्लेले गरेका थिए।

प्रकाशित: Sep 21, 2022| 08:45 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।