बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक

बाबुराम भट्टराई भन्छन्- लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले  इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन्।

संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन्।

‘राष्ट्रपतिले संसदबाट २-२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्।सबै जिम्मेवार बनौं,'  उनले भनेका छन्।

प्रकाशित: Sep 21, 2022| 08:01 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...