मंगलबार, साउन १९, २०८३

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन्।

प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताए। 

अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ थियो। 

उनले नेकपा (एमाले) ले संसद् विघटन गरेर प्रतिगमनकारी काम गरेको आरोप लगाए। प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो। 

आजको दिनमा प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उनले बताए। देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर संघर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताए। 

गत स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारी प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भने, 'बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस र माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे।'

प्रकाशित: Sep 20, 2022| 23:50 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...