मंगलबार, साउन १९, २०८३

सिट बाँडफाँट ८० प्रतिशत टुंगियो : मन्त्री कार्की

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि बाहिरिएका कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका हुन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको दाबी गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि बाहिरिएका कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका हुन्। 

'अब हामी निष्कर्षको नजिकमा पुगेका छौं। त्यो निष्कर्षका निमित्त छलफल भइराखेको छ। भोलि फेरि ८ बजे बैठक जारी छ। करिब करिब १६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेका छौं। त्यो चाँडै नै सहमति गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौं,' मन्त्री कार्कीले भने। 

यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरे। सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अब राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ। आज अन्तिम दिन हो, हेरौं।’

प्रकाशित: Sep 20, 2022| 22:31 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...