बिहीबार, जेठ २१, २०८३

मनकला हत्या प्रकरण : जेठाजु र जेठानी पक्राउ

रुकुमपश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

सुर्खेत– रुकुमपश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । 

National life

पक्राउ पर्नेहरुमा मनकलाका माइला जेठाजु र जेठानी छन् । उनीहरु हत्याको आरोप स्वीकार गरेका १५ र ११ बर्षिय नाबालकका आमाबुवा हुन् ।

साउन ११ गते भैसीलाई घाँस हाल्न गोठमा गएकी मनकलाको मकै बारीमा हत्या भएको थियो । हत्याको आरोप प्रहरीले १२ गते नावालक र उनका बुवालाई पक्राउ गरेको थियो । नावालकहरुले हत्या स्विकार गरेपछि उनका बुवालाई तारेखमा छोडिएको थियो ।

तर मृतक मनकलाका माइती पक्षले आरोपी नाबालकका आमा बुवाका नाममा जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको रुकुमपश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । ‘नावालकका आमा र बुवालाई नियन्त्रणमा लिएका छौँ’ डीएसपी श्रेष्ठले भने, ‘पक्राउ परेका मनकलाका सहोदर जेठाजु र जेठानी हुन् ।’

घटना भएको दुई हप्ता भइसक्दा पनि हत्याका मुख्य योजनाकार पहिचान हुन सकेको छैन । ‘घटना अनुसन्धानमै छ, ल्यावबाट केही रिपोर्ट आउन बाँकी छ’ डीएसपी श्रेष्ठले भने, ‘घटनामा नाबालक जोडिए पनि मुख्य योजनाकार पत्ता लागेको छैन ।’ 

Shivam cement

मनकलाको हत्यामा नावालक जोडिए पनि उनीहरु मुख्य योजनाकार भएको प्रहरी विश्वस्त छैन् । मनकलाका पाइती पक्ष, मानवअधिकारकर्मी तथा महिला अगुवाहरुले भने नावालकका आमाबुवा नै हत्याको मुख्य योजनाकार भएको दाबी गर्दै आएका छन् ।

प्रकाशित: Aug 09, 2021| 15:53 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।