आइतबार, मंसिर ७, २०८२

हेटौंडा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरू सम्मिलित टोलीले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडामा प्रदर्शन गरेको हो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा पुर्‍याइएको छ। ट्रफीलाई प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ।

National life

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरू सम्मिलित टोलीले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडामा प्रदर्शन गरेको हो।

ट्रफीको ३१ भदौमा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए। त्यसपछि ट्रफीलाई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पु¥याइएको थियो। ट्रफीलाई मधेस प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिनेछ। ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पु¥याइनेछ।

राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी प्रदर्शन अवसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, खेलाडी, प्रशिक्षकलगायत उपस्थित थिए।

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरेको हो। ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 20, 2022| 12:21 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।