मंगलबार, साउन १९, २०८३

चोलेन्द्र निवासबाट हटाइयो सुरक्षाकर्मी

आइतबार छेकबारमा परेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाइएको छ।

आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका राणालाई प्रहरीले निवास बाहिर निस्कन दिएको थिएन। बालुवाटारस्थित निवासमा आउजाउ गर्नेको प्रहरीले रेकर्ड राख्दै चेकजाँच गरेको थियो। 

राष्ट्रिय मानव अधिकार आयोगले राणाको निवासमा प्रहरी तैनाथीबारे सरकारलाई ध्यानाकर्षण गराएको थियो। सरकारले आइतबार नै राणाको निवासबाट केही सुरक्षाकर्मी हटाएको थियो। 

१ फागुनमा महाभियोग दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधिसभाको कार्यकाल सकिएकाले महाभियोग प्रस्ताव पनि निष्क्रिय भएको दाबी गर्दै आएका छन्।

आइतबार छेकबारमा परेका राणा मंगलबार सर्वोच्च अदालत आउन सक्ने भन्दै अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रकाशित: Sep 20, 2022| 11:36 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...