मंगलबार, साउन १९, २०८३

गठबन्धनका नेताहरू जुटे सिट बाँडफाँट टुंग्याउने कसरतमा

सोमबार निर्वाचन आयोगमा बन्दसूची पेस गरेका गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटको विषय टुंग्याउन बैठक बसिरहेका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको सकस अझै समाधान हुन सकेको छैन। सोमबार निर्वाचन आयोगमा बन्दसूची पेस गरेका गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटको विषय टुंग्याउन बैठक बसिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्य सिट बाँडफाँटको सहमति खोज्न बैठक बसेका हुन्। 

११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू छलफलमा सहभागी छन्। 

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो। ५ दलीय सत्ता गठबन्धनले २० साउनभित्रै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरे पनि सहमति जुट्न सकेको थिएन।

गठबन्धनमा प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटे पनि अन्य निर्वाचन क्षेत्रबारे आ–आफ्नै दाबी रहेकाले भागबन्डामा सकस पर्दै आएको छ।

गठबन्धनमा आबद्ध दलहरूले सिट भागबन्डा मिलाउँदा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सहमति हुने दाबी गर्दै आएका छन्।


प्रकाशित: Sep 20, 2022| 11:19 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...