बुधबार, असार ३, २०८३

प्रतिनिधि सभातर्फ ४८ र प्रदेश सभातर्फ १३६ दलले बुझाए बन्दसूची

मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम मंगलबार बिहान ५ बजेसम्मै चल्यो।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम मंगलबार बिहान ५ बजेसम्मै चल्यो।

National life

निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर, पहिलो दिन आइतबार दुई दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।

पहिलो दिन अपेक्षित रुपमा दलहरूले बन्दसूची नबुझाएपछि आयोगले गए राति पनि काम जारी राख्यो। आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारको बन्दसूची लिने काम मंगलबार बिहान मात्रै सकेको जनाएको छ।

प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएकोमा ४८ वटा दलले मात्रै मंगलबार बिहानसम्म बन्दसूची बुझाएका छन्। अब बन्दसूची बुझाउन पाइने छैन। त्यसैले आयोगले ४८ दलले मात्रै समानुपातिक उम्मेदवारतर्फ बन्दसूची बुझाएको जनाएको छ।

प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्। मधेश प्रदेशमा भने ३६ दलले उम्मेदवारको सूची बुझाएका छन्।

Shivam cement

यस्तै बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

अधिकांश दलहरूले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना उम्मेदवारको नाम पेश गरेका छन्।

आयोगले अब असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न समय दिने छ। असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न समय दिइने छ।

प्रकाशित: Sep 20, 2022| 07:46 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...