बुधबार, असार ३, २०८३

कुन-कुन संस्थाले गर्नेछन् मंसिर ४ को चुनाव परीवेक्षण?

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ संस्थालाई अनुमति दिएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ संस्थालाई अनुमति दिएको छ।

National life

दुई वटा अन्तर्राष्ट्रिय संस्थासमेत गरी ३६ संस्थालाई परीवेक्षण अनुमति दिइएको आयोगले जनाएको छ।  सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न अनुमति दिइएको हो।

यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माण मञ्च नेपाल, नेपाल युवा परिषद, राष्ट्रिय व्यवसायिक पहल, संकल्प-शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसीरिसोर्स सेन्टर नेपाल, वमेन एक्टलगायतले अनुमति पाएको आयोगले जनाएको छ।

न्यू भिजन नेपाल, युथ वकालत नेपाल, सुशासन महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अंगालो जेष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, जेष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल, शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार संगठन, नेत्रहिन युवा संघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबीनिवारण तथा वातावरण संरक्षण नेपाललाई पनि निर्वाचन पर्यवेक्षण अनुमति आयोगले दिएको छ।

यस्तै नेपाल र्‍यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, विश्वकीर्तिमानी समाज, महिला पुनर्स्थापना केन्द्र, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, सामूहिक अभियान, जनचेतना नेपाल, पूर्वन्यायाधीश फोरम नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, एक अर्थ नेपाल, बागेश्वरी असल शासन क्लब (बास), नेपाल जनप्रशासन संघ, आशा नेपालले चुनावमा परीवेक्षण गर्न आयोगबाट अनुमति पाएका छन्।

Shivam cement

प्रकाशित: Sep 20, 2022| 07:33 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...