मंगलबार, साउन १९, २०८३

प्रतिनिधि सभाका लागि २७ दलले बुझाए समानुपाति उम्मेदवारको सूची

आयोगले तोकेको समयसम्म प्रतिनिधि सभका लागि २७ वटा दलले बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार राति १० बजेसम्म प्रतिनिधि सभाका लागि २७ दलले बन्दसूची पेश गरेका हुन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया आइतबार सुरु भएको छ। निर्वाचन आयोगमा सोमबार साँझसम्म प्रतिनिधिसभा र प्रदेश सभाका लागि दलहरुलाई समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउने समय तोकेको थियो। 

आयोगले तोकेको समयसम्म प्रतिनिधि सभका लागि २७ वटा दलले बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार राति १० बजेसम्म प्रतिनिधि सभाका लागि २७ दलले बन्दसूची पेश गरेका हुन्। 

आयोगले दिएको पछिल्लो जानकारी अनुसार प्रतिनिधिसभाको बन्दसूची दर्ता गराइसकेका दलहरुमा नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्कि पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाम मोर्चा,  बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, मितेरी पार्टी, जनमत पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीलगायत छन्।

प्रदेशतर्फ प्रदेश १ मा ११ वटा पार्टीले बन्दसूची दर्ता गराएका छन् भने मधेसमा मधेसमा ९, वागमतीमा ११ र गण्डकीमा ७ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।

निर्वाचन आयोगमा रातभरि चहलपहल, साँझसम्म संघमा ११ र प्रदेशमा ४० दलले बन्दसूची बुझाए। त्यस्तै लुम्बिनीमा ६, कर्णालीमा ६ र सुदुरपश्चिम प्रदेशसभाका लागि १० वटा दलले बन्दसूची बुझाएका छन्।


 




प्रकाशित: Sep 20, 2022| 00:05 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...