बुधबार, असार ३, २०८३

‘दलको विकल्प स्वतन्त्र हुन सक्दैन’

स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेशन’ ले सोमबार सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन्। स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेशन’ ले सोमबार सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए। 

National life

उनीहरुले दलहरु बेलैमा सुध्रन जरुरी भएको बताउँदै राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण पनि वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरे। पूर्व निर्वाचन आयुक्त इला शर्माले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरिन्। 

उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहरले दलसँग जनता निराशावादी छन् भन्ने सन्देश दिएको बताइन्। स्थानीय तहको निर्वाचनमा युवा र महिलाको तुलनात्मक सहभागिता बढेका भन्दै आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पनि महिला र युवा सहभागिता बढ्नुपर्नेमा जोड दिइन्।

प्रा. बालकृष्ण माबुहाङले राजनीतिक दलबाट दिक्क भएका मतदाताले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र व्यक्तिलाई मत दिएर दलहरुलाई सचेत गराएको बताए। उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र मतदाताले उनीहरुलाई मत दिने लहर आउने सङ्घीय र प्रदेश निर्वाचनमा पनि देखिने लक्षण रहेको भन्दै दलहरु बेलैमा सजक हुनुपर्ने धारणा राखे।

समाजशास्त्री ड.  मीना पौडेलले राजनीतिभित्रको बेथितिबाट दिक्क भएका मतदाताले स्थानीय निर्वाचनमा नैराश्यता प्रदर्शन गरेको भन्दै यसबाट दलहरुले बेलैमा पाठ सिकेर जनभावनाअनुरुप अघि बढन् जरुरी भएको बताइन्। उनले जागरुक समूहले सकारात्मक पक्षको खोजिरहेको वैकल्पिक धार निर्माण गर्नसक्ने आधार बनाएको बताइन्।

Shivam cement

स्वतन्त्र व्यक्तिको चयनले दलीय पद्धतिलाई कमजोर बनाउनेभन्दा पनि दलभित्र सुधार खोजेको भन्दै उहाँले गिजोलिएको राजनीतिलाई व्यवस्थित ढंगले अघि बढाउन स्वतन्त्रको मतले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सहप्राध्यापक लेखनाथ पाण्डेले स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको उपस्थितिले राजनीतिक दललाई चुनौती दिएको उल्लेख गरे। उनले दलहरुभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास कमजोर बनिरहेको, पहुँच र शक्तिको दुरुपयोग भइरहेको टिप्पणी गर्दै ठूला दललाई सच्चिन स्थानीय निकायको परिणामले सङ्केत गरेको बताए। 


प्रकाशित: Sep 19, 2022| 23:15 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...