आइतबार, भदौ २३, २०८१

nespernesper

सर्लाही-४ : सिंह दाजुभाइको चेपुवामा अमरेश, गगन गए कति सहज?

सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको छ।
 |  मंगलबार, असोज ४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ४, २०७९

काठमाडौं- ०७४ सालको निर्वाचनमा कांग्रेसले देशभर जितेका २३ सिट मध्येको एक हो, सर्लाही-४। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा थपिएको तत्कालीन राजपाको मतको भारीलाई पन्छाउँदै कांग्रेसले विजयको झण्डा फहराएको सर्लाही-४ यसपटक भने विवादमा फसेको छ। कांग्रेस भित्रको घर झगडा भुसको आगो जसरी सल्किरहँदा नेता-कार्यकर्ताको मनमा क्षेत्र गुम्‍ने डरले डेरा जमाएको छ।  

triton college

टिकटको लबिङका लागि काठमाडौं आएका नेता-कार्यकर्ताले भन्न थालेका छन्- हाम्रो घरझगडाको फाइदा अरुले नै उठाउने देखियो। अघिल्लो निर्वाचनमा कांग्रेसका डा. अमरेश कुमार सिंह वाम गठबन्धन र राजपाका संयुक्त उम्मेदवारलाई परास्त गर्दै विजयी भएका थिए।२९ हजार ६७४ मत सहित सिंह विजयी हुँदा तत्कालीन राजपाका राजेश कुमार मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका थिए। 

तर, यसपटक भने परिस्थिति फेरिएको छ। एकै क्षेत्रका तीन सिंहको टकरावका कारण सर्लाही-४ मा कांग्रेसको राजनीति तरल बनेको छ। अघिल्लो पटक प्रतिनिधिसभामा निर्वाचत भएका डा. सिंह र सोही क्षेत्रको प्रदेशसभा 'क' मा निर्वाचित विरेन्द्र प्रसाद सिंहबीच बढेको विवाद उत्कर्षमा पुगेको छ। विरेन्द्र कांग्रेस मधेश प्रदेशका उपसभापति र मधेस सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री हुन्।

अमरेश र विरेन्द्रको विवादमा हिस्सेदार बन्‍न पुगेका छन्- जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह। विरेन्द्र र सुरेन्द्र सहोदर दाजुभाइ हुन्। सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट कांग्रेसले महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरेको छ। अमरेशलाई पाखा लगाउन सिंह दाजुभाईले गगनको नाम सिफारिस गरेको सर्लाही कांग्रेसका एक नेता बताउँछन्। 

'अमरेश तह लगाउन सिंह दाजुभाईले गगनको नाम सिफारिस गरेका हुन्। अमरेश शेखर कोइराला निकटका नेता हुन्। सोही समूहमा सक्रिय महामन्त्रीलाई सिफारिस गर्दा अमरेशले विरोध गर्न पनि मिल्दैन,' सर्लाही कांग्रेसका एक नेता भन्छन्, 'सुरेन्द्र र विरेन्द्रको गगनसँग निकटता पनि छ। त्यसकारण गगनलाई अघि सारेर अमरेशलाई तह लगाउने रणनीति हो।'

Metro Mart
vianet

०७४ सालको निर्वाचनमा अमरेश र विरेन्द्रसँगै थिए। तर निर्वाचनपछि उनीहरुबीच दूरी बढ्दै गएको देखिन्छ। कांग्रेसको १४औं महाधिवेशन अघिसम्म अमरेश र विरेन्द्र एउटै समूहमा क्रियाशील थिए। तर, महाधिवेशनका बेला विरेन्द्र विमलेन्द्र निधिसँग निकट बने। निधि र अमरेशको सम्बन्ध पहिल्यैबाट चिसिएको थियो। अमरेशको संरक्षणमै राजनीति अघि बढाएका विरेन्द्रले कित्ता फेरेपछि दुई नेताबीचको सम्बन्धमा पनि दूरी बढ्यो। 

सर्लाही-४ को क्षेत्रीय अधिवेशनमा अमरेश महाधिवेशन प्रतिनिधिमा पराजित भए। जुन अमरेशको राजनीतिक करियरकै ठूलो धक्का थियो। त्यही क्षेत्रबाट तीन पटक निर्वाचित भएका अमरेश पार्टी महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगे। जबकी उनले पार्टीको सह-महामन्त्रीका लागि तयारी गरिरहेका थिए। ८०० प्रतिनिधिले मत हालेको अधिवेशनमा अमरेशको पक्षमा जम्मा २४८ मत आएको थियो। अमरेशको पराजयमा विरेन्द्र र सुरेन्द्र प्रत्यक्ष र परोक्षरुपमा जोडिए। गुटगत हिसाबले फरक कित्तामा रहेकाले यो अस्वभाविक पनि थिएन। 

सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको छ। 

तर, जिल्ला सभापति सुरेन्द्र अमरेशलाई पारजित गर्न आफूहरुले भूमिका नखेलेको दाबी गर्छन्। 'गुटगत हिसाबमा प्रतिस्पर्धा भएको हो। तर पनि हामीले उहाँलाई महाधिवेशन प्रतिनिधि रोकेको होइन। सर्लाही-४ मा ५१ वटा वडा छन्। ५१ वडा सभापतिसहित ८ सय जना क्षेत्रीय प्रतिनिधि भएको क्षेत्रमा उहाँका पक्षमा २४८ सय मत परेको हो। २-४ भोटको तलमाथि परेको भए न हामीले हराएको भन्ने हुन्थ्यो। ६ सय मतले हार्ने अनि आरोप अरुमाथि लगाउने? यो राम्रो होइन,' सुरेन्द्र भन्छन्। 

अमरेश सर्लाही-४ बाट तीन पटक सांसद बने। विरेन्द्र प्रदेश सांसद, मन्त्री र पार्टीको प्रदेश उपसभापति बने। निर्वाचनपछि बढ्दै गएको दूरीलाई व्यक्तित्वको टकरावले अझ बढवा दिएको सर्लाही-४ कांग्रेसका एक नेता बताउँछन्। 'विरेन्द्र र अमरेशले एकअर्कालाई स्वीकार गर्न नसक्ने अवस्था बन्यो। दुई नेताबीच व्यक्तित्वको टकराव बढ्दै गयो। जसको परिणाम अहिले देखिँदैछ,' ती नेता भन्छन्, 'सिंह दाजुभाई अमरेशलाई विस्थापित गर्ने र क्षेत्रमा आफूहरु स्थापित हुने प्रयत्नमा छन्।'

त्यसो त सर्लाही कांग्रेसले अमरेशलाई पार्टीबाटै निलम्बित गरेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप अमरेश माथि लागेको छ। सर्लाही कांग्रेसको अनुशासन समितिले गत असार २ गते अमरेशलाई निलम्बन गर्ने निर्णय गरेको थियो। तर, कारबाहीको निर्णय भने भदौ २० गते मात्रै सार्वजनिक भएको थियो। सर्लाही-४ बाट महामन्त्री थापाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेपछि मात्रै अमरेशलाई निलम्बन गरेको पत्र सार्वजनिक भएको थियो। 


प्रकाशित: Sep 20, 2022| 09:05 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...