शनिबार, वैशाख १५, २०८१

महिला साफमा पाँचौं पटक चुक्यो नेपाल, बंगलादेशले रच्‍यो इतिहास

पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो। नेपालका लागि अनिता बस्नेतले गोल गरिन् भने कृष्णरानीले गोलअन्तरलाई ३–१ मा पुर्‍याइन।
 |  सोमबार, असोज ३, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, असोज ३, २०७९

काठमाडौं- काठमाडौंमा सोमबार राति सम्पन्‍न भएको छैटौं संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाल उपविजेता भएको छ भने बंगलादेशले पहिलो पटक उपाधि जितेको छ। प्रतियोगिताभरी उच्च फर्ममा रहेका बंगलादेशले फाइनलमा नेपालाई ३-१ ले हराउँदै उपाधि जितेको हो।

triton college

यसअघिका सबै साफमा भारतले जित निकालेको थियो। बंगलादेश भने पहिलो पटक २०१६ को साफमा एकपटक फाइनलमा पुगेको थियो। यता नेपाल भने यसअघि पनि चारपटक फाइनल पुगेको टिम हो। यता पाँचौ संस्करणको भारतलाई हराउँदै नेपाल पाचौँ पटक फाइनल पुगेको थियो।

तर, आफ्नो अनुभवलाई प्रयोग गर्न नसक्दा नेपालले बंगलादेशको युवा टिमबाट पहिलो पटक हार बेहोरेको हो। नेपाल र बंगलादेशको सिनियर महिला फुटबल टिमबीच यसअघि ८ खेल भएका थिए। तीमध्ये कुनै पनि खेलमा बंगलादेशले जित निकाल्न सकेको थिएन्। तर, घरेलु मैदानमै १५ हजारभन्दा धेरै समर्थकमाझ नेपालले पहिलो पटक हार बेहोर्दा आफ्नो सबैभन्दा ठूलो सपना पनि गुमाएको छ। त्यो सपना थियो साफ जित्‍ने।

बंगलादेशको लागि खेलको १४ औं मिनेटमा ‘सब्सिच्युट’ सामसुननहरले पहिलो गोल गरिन्। पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो। नेपालका लागि अनिता बस्नेतले गोल गरिन् भने कृष्णरानीले गोलअन्तरलाई ३–१ मा पुर्‍याइन। 

फाइन खेलको पहिलो मिनेटबाटै दुवै टिमले सशक्त सुरुवात गरे। तर खेलका पहिलो आक्रमण बन्‍न बंगलादेश सफल भयो। पहिलो मिनेटमै बंगलादेशको अटेम्पट गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले बचाइन्। त्यसको अर्को मिनेटमा नेपालले प्रहार गर्‍यो।

corrent noodles
Metro Mart

खेलभरी यो क्रम चलिरह्यो। नवौं मिनेटमा जहान स्वप्‍नले गरेको प्रहार गोलकिपर एन्जिलाको हातमा पुगेर रोकिएको थियो। त्यसको अर्को मिनेटमै स्वप्‍न सब्सिच्युट भइन्। उनको ठाउँमा मैदान प्रवेश गरेकी सामसुननहरले खेलको १४ औं मिनेटमा गोल गरिन्।

पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो। नेपालका लागि अनिता बस्नेतले गोल गरिन् भने कृष्णरानीले गोलअन्तरलाई ३–१ मा पुर्‍याइन। 

दायाँ साइडबाट मोनिका चक्माले दिएको पासमा सामसुननहरले ब्याक साइडमा प्रहार गर्दै गोल गरेकी थिइन्। १५ औं मिनेटमा मारिया मान्डाले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। उनले २७ औं मिनेटमा गरेको प्रहार चाहिँ गोलकिपरले बचाइन्। खेलको ४२ औं मिनेटमा बंगलादेशले अग्रता बढायो। नेपाली डिफेन्डरहरुको असमझदारीको फाइदा उठाउँदै कृष्णरानीले पोस्टमा निकै सुन्दर गोल गरिन्।

नेपाली फरवार्ड रश्मीले खेलको २४ औं मिनेटमा पाएको बललाई प्रहार गर्नै सकिनन्। अनिता केसीले २८ औं मिनेटमा बललाई पोस्टको दिशा दिए पनि बल रुपनाको नियन्त्रण क्षेत्रमै रह्यो। खेलको ३६ औं मिनेटमा नेपालले फ्रि-किकको अवसर पाएको थियो।


 


अनिता बस्‍नेतले प्रहार गरेको फ्रि-किकलाई रुपनाले मुस्किलले बचाएपछि कर्नर भएको थियो। कर्नरबाट आएको बललाई तीन नेपाली खेलाडीले पालैपालो तीन पटक प्रहार गरे पनि गोल गर्न सकेनन्। नेपालले पहिलो पटक गुमाएको गोलको निकै सुनौलो अवसर यो नै रह्यो। यससँगै नेपाल पहिलो हाफमै पछि पर्‍यो।

अनिता बस्‍नेतको कर्नर बलमा दिपाले हेड गरे पनि पोस्टको बारबाट गोलकिपर रुपनाले बचाइन्। अनिता बस्‍नेतले मैदानको दायाँबाट दिएको पासमा पोस्टअघि रहेकी रश्मीकुमारी घिसिनले हेड गरे पनि गोलपोस्टमा प्रहार गर्न सकिनन्। नेपालले गुमाएको गोलको सबैभन्दा राम्रो अवसर यो नै रह्यो। त्यसको पाँच मिनेटपछि नेपालले दायाँ कुनाबाट त्यस्तै अर्को अवसरलाई पनि सदुपयोग गर्न सकेन।

खेलको ५८ औं मिनेटमा अनिताले ३० र्‍याडबाट गरेको प्रहार सिधै गोलकिपरको हातमा पुगेको थियो। ५० मिनेटपछि नेपालले बंगलादेशलाई दिने दबाब बढाएको थियो। तर, मिडफिल्डमा खेलाडीबीच समझदारी नबन्दा गोलका अवसर सिर्जना हुन सकेनन्।

खेलको ६८ औं मिनेटमा सावित्राले प्रहार गर्नुअघि नै गोलकिपरले बल बचाइहालिन्। ७० औं मिनेटमा मिडफिल्डर अनिताबाटै नेपालले गोलअन्तर घटायो। उनले पोस्टको दोस्रो बारमा प्रहार गर्दै २-१ बनाएकी थिइन्। त्यसपछि नेपालले आक्रमण थप पेचिलो बनायो। गोलको अर्को मिनेटमै गरेको प्रयास भने खेर गयो। बंगाली गोलकिर रुपनाले डिबक्स बाहिर आएर क्लियर गरिदिएकी थिइन्।

७३ औं मिनेटमा अनिताको कर्नरमा सावित्राले पोस्टमा प्रहार गर्न सकिनन्। नेपाली स्ट्राइकरले अट्याकिङ थर्डमा थुप्रै गल्तीहरु गर्यो। ७८ औं मिनेट मा रश्मील्े सहज अवस्थामा पनि पास दिन सकिनन्, न प्रहार गर्न नै।

खेलको ८१ औं मिनेटमा दीपा शाहीले पहिलो प्रहार गरिन्। उनको प्रहारलाई पनि गोलकिपरले सहजै बचाइन्। इन्ज्युरी समयमा अमिषा कार्कीले गरेको त्यस्तै प्रहार गोलकिपरले बचाइन्। १५ हजार ७३० नेपाली घरेलु दर्शकमाझ ७७ औं मिनेटमा बंगालादेशले ३–१ को अग्रता बनायो। कृष्णरानी सरकारले पोस्टको दायाँ साइडमा गोल गर्दै घरेलु समर्थकलाई फेरि स्तब्ध पारिन्।

प्रकाशित: Sep 19, 2022| 21:16 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।