बुधबार, असार ३, २०८३

नागरिकता विधेयकबारे छलफल गर्न शीतलनिवासमा प्रधानमन्त्री देउवा

संघीय संसद्‌को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता सम्बन्धी विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- संघीय संसद्‌को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता सम्बन्धी विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्। 

National life

राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेपछि प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्। नागरिकता विधेयक पारित गर्ने समय सकिने अघिल्लो दिन प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणका लागि पठाइएको मंगलबार १५ दिन पुग्दैछ। 

राष्ट्रपतिले संविधानको धारा ११३ को ३ अनुसार फिर्ता पठाएको नागरिकता विधेयकलाई धारा ११३ को उपधारा ४ बमोजिम १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ। 

त्यसैगरी राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीबारे पनि छलफल हुने बताइएको छ। 

Shivam cement

प्रकाशित: Sep 19, 2022| 20:01 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...