बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वसभामुख महरा प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिक सूचीमा नाम समावेश

पूर्वसभामुख महरा प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिक सूचीमा नाम समावेश

पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उनी प्रत्यक्ष चुनाव नलड्ने टुंगो लागेको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएका छन्। पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उनी प्रत्यक्ष चुनाव नलड्ने टुंगो लागेको हो। 

National life

महराले भने आफूलाई धेरै क्षेत्रबाट सिफारिस गरिएको भएपनि समानुपातिक रोजेको बताएका छन्। धेरैतिरबाट तानातान भएपछि देशकै नेता बन्न आफूले समानुपातिक रोजेको उनको दाबी छ।  

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए। २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव जितेका थिए। पार्टीमा उपाध्यक्षसमेत रहेका महराले सभामुख रहेका बेला जबर्जस्ती करणीको आरोप लागेपछि राजीनामा दिएका थिए।

बन्द सूचीमा समावेश भएका उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने व्यवस्था छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। 

प्रकाशित: Sep 19, 2022| 19:08 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...