मंगलबार, चैत १७, २०८२

प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३ः४५ बजे उनको निधन भएको हो। विराटनगर-१० का प्रधान मुटु र श्वासप्रश्वासका बिरामी रहेको आफन्त सुवासकुमार अमात्यले बताए।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

विराटनगर– प्रजातन्त्र सेनानी तथा समाजसेवी तोरन्द्रमान सिंह प्रधानको सोमबार ९३ वर्षको उमेरमा निधन भएको छ। 

National life

न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३ः४५ बजे उनको निधन भएको हो। विराटनगर-१० का प्रधान मुटु र श्वासप्रश्वासका बिरामी रहेको आफन्त सुवासकुमार अमात्यले बताए। 

२००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्तिका लागि उनको महत्वपूर्ण योगदान थियो। नेवारी संस्कृति र भूगोलका जानकार प्रधानले गणेशमान फाउन्डेसन प्रदेश १ का पूर्वअध्यक्ष, झिँ पुचः, नेपाल क्षयरोग निवारणलगायत विभिन्न संस्थाको नेतृत्व सम्हालेका थिए। 

प्रधानको विराटनगरस्थित सिंघिया घाटमा मंगलबार अन्त्येष्टि गरिने आफन्त अमात्यले बताए। उनका तीन छोरी र पत्नी छन्।

प्रकाशित: Sep 19, 2022| 17:39 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।