मंगलबार, फागुन १९, २०८२

बंगलादेश पहिलो पटक बन्यो साफ महिला च्याम्पियन

काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो। 

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको थियो। खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी थिइन्। त्यसको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थपेको थियो।

यसअघि नै बंगलादेशका साम समुन्नहरले १३औँ र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेका थिए। 

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको थियो भने बंगलादेश दुई पटक फाइनल पुगेको थियो। पछिल्लो संस्करणको अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेता पाएको छ। यसअघि भारतले मात्र उपाधि जितेको थियो। 

प्रकाशित: Sep 19, 2022| 18:54 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।