काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव गंगालाल तुलाधार समानुपातिक बन्दसूचीमा समावेश भएका छन्। बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका तुलाधारले उपाध्यक्ष राजेन्द्र पाण्डेलाई निर्वाचन क्षेत्र छोड्नका लागि आफू समानुपातिकतर्फ आएको बताएका हुन्।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका समाजवादीका उपाध्यक्ष पाण्डे र उनको निर्वाचन क्षेत्र एकै हो। धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष लड्ने तयारीमा पाण्डे छन्।
‘राजेन्द्र पाण्डे मभन्दा सिनियर नेता हुनुहुन्छ। हाम्रो एउटै निर्वाच क्षेत्र हो। त्यसकारण म समानुपातिकमा बसेर उहाँलाई छोडेँ,’ उनले भने।
तुलाधर, जनजातितर्फको कलस्टरमा पहिलो नम्बरमा र हमाल खस आर्यतर्फ पहिलो नम्बरमा सिफारिस भएका छन्।