शुक्रबार, जेठ १, २०८३

म्यानमारका दुई पत्रकारलाई सात वर्षको जेल सजाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- म्यानमारको उच्च अदालतले आफ्नो देशको गोप्य सुचना चुहाबट गरेको अभियोगमा दुई पत्रकारलाई सात वर्ष जेल सजाय तोकेको छ । 

आदलतले रोयटर्समा कार्यरत पत्रकार  ३२ बर्षिय वा लोनी तथा २८ बर्षिय क्यावो सोई ओलाई सात बर्षको जेल सजाय तोकेको हो । म्यानमारको उत्तरी याङगोन न्यायलयका न्यायाधीश यिलुईनको इजलासले राष्ट्रको गोप्य सुचना चुहावट गरेको अभियोगमा दोषि ठहर गदै उनीहरुलाई जेल सजाय तोकेको हो ।

“रोयटर्स पत्रकार वा लोनी तथा क्यावो सोई ओ तथा संसारका पत्रकारको लागी आजको दिन नराम्रो रुपमा लिईने छ” । रोयटर्सका  प्रधान सम्पादक स्टेफन जे एडलरले विज्ञप्ती मार्फत भनेका छन ।

 यो अभियोग देशको आधिकारीक गोप्य सुचना चुहाबट संम्बन्धी ऐन ३ को १ सि अन्र्तगत त्यस्तो कसुर गर्नेलाई सात बर्षको जेल सजाय हुनेछ । र यो अबधी उनीहरु पक्राउ परेको गत डिसेम्बर १२ बाट लागुहुनेछ । न्यायाधीशले मुद्धाको फैसलामा भनेका छन ।

रोयटर्स पत्रकारलाई जेलसजाय तोकिएको विषयलाई लिएर संयुत्त राष्ट्रसंघ, युरोपीयन युनियन लगायतका  अन्तर्राष्ट्रिय मानबअधिकारकर्मीहरुले म्यानमार सरकारको विरोध गरेका छन् ।   
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।