बुधबार, असार ३, २०८३

सोलु पुगेर प्रचण्डले भने- समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्

'तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। अब पुन: एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्,' उनले भने।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

सोलुखुम्बु- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एकपटक विकास र समृद्धिको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्।

National life

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय उद्धाटन गर्दै प्रचण्डले आफूलाई देशको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका हुन्।  

नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्ति, शान्ति र संविधानको नेतृत्व गर्ने र कार्यान्वयन गर्ने, पहिचानको अधिकार स्थापित गर्ने, समावेशी समानुपातिक बनाउने  सौभाग्य कमै प्राप्त हुने उनले बताए।  

'तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। अब पुन: एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्,' उनले भने।

कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका माओवादीका नेता जनार्दन शर्माले प्रचण्डको प्रशंशा गरेका थिए। कार्यक्रममा उनले आफ्नो भाषणमा ताली नबजाएको भन्दै गुनासो पनि गरेका थिए। 

Shivam cement

प्रकाशित: Sep 19, 2022| 16:09 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...