सोमबार, चैत २, २०८२

चीनले एकैपटक किन मार्‍याे ३८ हजार सुँगुर ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेइजिङ- चीन सरकारले एकै पटक ३८ हजारभन्दा बढी सुँगुर मारेको छ । चिनिँया समाचार समिति सिन्ह्वाका अनुसार सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि चीन सरकारले यति ठूलो संख्यामा सुगुर मारेको हो । 

विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ । 

चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ । रोग लायोनिङबाट दक्षिणी क्षेत्रमा करिब एक हजार किलोमिटर टाढा भेटिएको थियो । यसबाट चीनका सबै सुँगुर फार्मलाई रोगबारे चनाखो बनाइएको थियो । 

रोगको सङ्क्रमण फैलिइरहेको भएपनि कृषि मन्त्रालयका प्रवक्ताले हाल ‘रोग सामान्यतया नियन्त्रणमा’ रहेको बताउनुभएको सिन्ह्वाले जनाएको छ । 

गत हप्ता संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले उक्त रोग एशियाका अन्य भागमासमेत फैलिनसक्ने चेतावनी दिएको थियो । 

अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ । 

रोग नियन्त्रणका लागि खोप वा अन्य कुनै बिषनासक औषधी नभएकोले सङ्क्रमण देखिएका पशुलाई मार्नु नै रोग फैलिनबाट रोक्ने उपाय भएको जनाइएको छ । 

बेइजिङले रोग फैलिनबाट रोक्न आकस्मिक योजना ल्याइएको जनाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले गत मे मा एउटा सूचना जारी गरी रूसबाट उक्त रोग फैलिने खतरा रहेको भन्दै आवश्यक सावधानी अपनाउन चेतावनी दिएको थियो । 

सुँगरको विश्वभरको उत्पादनको आधा उत्पादन चीनमा हुने यसको ठूलो मात्रामा खपत पनि चीनमा नै हुने संगठनले जनाएको छ ।  एजेन्सी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।