मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

निर्वाचन आयोगमा राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

जनमोर्चाले प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूचीमा नाम पठाएको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा प्रतिनिधसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ। नमोर्चाले चौथो नम्बरमा बन्दसूची पेस गरेको हो। राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

जनमोर्चाले प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूचीमा नाम पठाएको छ। प्रदेशसभातर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेस गरिएको पार्टी सचिव हिमलाल पुरीले बताए। 

जनमोर्चाले प्रदेश १ र मधेस प्रदेशमा भने उम्मेदवारको बन्दसूची पेस गरेन। आयोगको निर्वाचन कार्यतालिकाअनुसार २ र ३ असोजमा बन्दसूची पेस गर्ने कार्यक्रम छ। सोमबार समानुपातिक सांसदको बन्दसूची बुझाउने अन्तिम दिन हो।

प्रकाशित: Sep 19, 2022| 15:00 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...