मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानलाई आधा गिलास भरि, आधा गिलास खाली भनेको पुष्टि भयो : बाबुराम भट्टराई

संविधानलाई आधा गिलास भरि, आधा गिलास खाली भनेको पुष्टि भयो : बाबुराम भट्टराई

संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीअन्तर्गत संविधान अधुरै रहेको बाबुरामको टिप्पणी।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा आफूहरूले ‘संविधान आधा गिलास भरि, आधा खाली’ भनेको कुरा अहिले पुष्टि भएको बताएका छन्। आठौं संविधान दिवस अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।

संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरे पनि संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीअन्तर्गत संविधान अधुरै रहेको टिप्पणी उनले गरेका छन्। 

‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो, महिलाप्रतिको विभेद कायमै रह्यो। संविधानले मधेसी, थारु, जनजातिको माग र भावनालाई सम्बोधन गर्न नसकेको उनले बताएका छन्। उनले भनेका छन्,  ‘तसर्थ, हामीले सुरुमै यो संविधानलाई आधा गिलास भरि र आधा गिलास खालीू भनेको कुरा आज आएर अझ प्रस्ट भएको छ।’

प्रकाशित: Sep 19, 2022| 14:53 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...