आइतबार, मंसिर ७, २०८२

बुुद्ध जन्मभूमिमा राष्ट्रिय खेलकुद ट्रफी

१ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवल र बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुग्दा पहिलो पटक टिम च्याम्पियनलाई प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी लुम्बिनीको बुद्ध जन्मभूमिमा प्रदर्शन गरिएको छ।

National life

राष्ट्रिय खेलकुदमा सहभागी ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यले १ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री बसिउद्दीन खानको अध्यक्षतामा भएको प्रदर्शन कार्यक्रममा मुख्यमन्त्री कुलबहादुर केसी, वन तथा वातावरणमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्यसचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरका मेयर रामकृष्ण खाण र प्रदेशसभा सदस्य भुवनेश्वर थारुको उपस्थिति  थियो।

ओलम्पियन संघ अध्यक्ष ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदको लगातार ४ संस्करणमा नेपालका लागि ४ स्वर्ण पदकधारी दीपक विष्टको नेतृत्वमा दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्णधारी एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही, नेपाली पुरुष क्रिकेटका कप्तान पारस खड्का र अल्ट्रा धावक मीरा राईलगायतको ट्रफी टुर कार्यदलले ट्रफीलाई सातै प्रदेशको राजधानीलगायत मुख्य सहर, विभागीय टोली र एनआरएनएको मुख्य कार्यालयमा भ्रमण गराउने र प्रदर्शन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गरेका थिए। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई त्यसपछि सात वटै प्रदेशमा लगिँदै छ।

Laxmi sunrise bank
kumari

शुक्रबार साँझ सुदूरपश्चिम लगिएको ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिएको थियो। ट्रफीलाई २३ असोजमा प्रतियोगिता स्थल गण्डकी प्रदेशको पोखरामा लगिनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा पोखरा रंगशालामामा उद्घाटन गरिनेछ।

प्रकाशित: Sep 19, 2022| 14:05 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।