मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले नेता ज्ञवाली भन्छन्- चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भयो

एमाले नेता ज्ञवाली भन्छन्- चोलेन्द्रविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भयो

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन्। सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले जबराविरुद्ध राज्य संयन्त्रको चरण दुरुपयोग भएको बताएका हुन्।

प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाउनुका साथै लगाएको महाभियोग पनि ६ महिनासम्म छलफल नगरिएको भन्दै ज्ञवालीले असन्तुष्टि व्यक्त गरे।

‘६ महिनासम्म महाभियोगबारे छलफल नगर्ने अनि अव संसदको आयु सकिन लाग्यो भनेपछि नाटक गर्ने र ६ जनाको जबरजस्त बहुमत बनाएर काइते प्रतिवेदनका आधारमा एक जना व्यक्तिविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग गर्ने,' ज्ञवाली भन्छन्।

वरियता प्रोटोकलमा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको अवस्था यस्तो रहेको मुलुकमा जनताको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिने बताए।

उनले गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक अरु कुनै एजेण्डा नभएको दाबीसमेत गरेका छन्।

प्रकाशित: Sep 19, 2022| 10:55 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...