बुधबार, असार ३, २०८३

एसिया कप छनोटको सबै खेलमा नेपालको हार

आइतबार राति सम्पन्न बंगलादेशविरुद्धको खेलमा पराजित भएसँगै छनोटका कुनै खेलमा नेपालले जित निकाल्न नसकेको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- बहराइनमा सम्पन्न भएको यू २० एसिया कप फुटबलको सबै खेलमा नेपालले हार व्यहोरेको छ। आइतबार राति सम्पन्न बंगलादेशविरुद्धको खेलमा पराजित भएसँगै छनोटका कुनै खेलमा नेपालले जित निकाल्न नसकेको हो।

National life

प्रतियोगितामा नेपालले चार टिमसँग भिड्ने तय थियो। जहाँ, नेपालले भुटान, कतार,बहराइन र बंगलादेशसँग खेलेको थियो। तर नेपालले सधैँ जित्दै आएको भुटानलाई पनि जित्न सकेन।

गएरातिको खेलमा नेपालले बंगलादेशसँग ३-० को हार बेहोरेको थियो। नेपालले पहिलो हाफमा दुई गोलको सामना गर्‍यो भने दोस्रो हाफमा थप एक गोल व्यहोर्यो।

नेपालको डि बक्समा २६औं मिनेटमै बंगलादेशको खेलाडीलाई ठेलेर लडाएको नजिकबाट देखेका रेफ्रीले नेपाली खेलाडी अजय चौधरीलाई सिधै रातो कार्ड देखाएका थिए। त्यस्तै, २०औं मिनेटमा सन्दीप कार्कीको ठाउँमा मैदान छिरेका आयुष घलानले पनि ३५औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएका थिए।

यसँगै नेपाल पहिलो हाफमै नौ खेलाडीमा समेटिएको थियो। यता बंगलादेशका अजिज अनान्तोले पनि ३५औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएका थिए। निकै पेचिलो खेलबीच बंगलादेशका मोहम्मद जोनीले छैटौं मिनेटमा, मोहम्मद नोवाले ११औं मिनेटमा र सजिद निजुमले खेलको ५२औं मिनेटमा गोल गरेका थिए।

Shivam cement

प्रकाशित: Sep 19, 2022| 10:01 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।