आइतबार, असार २२, २०८२

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ।
 |  सोमबार, असोज ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

vianetvianet

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन्। खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ। 

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपका नेपाल पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ। इतिहास हेर्ने हो भने यी दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्।

यससँगै अब महिला साफले नयाँ विजेता पाउने पक्का भएको छ। पाँचौँ संस्करणसम्मका सबै खेलमा अपराजित रहेर भारतले उपाधि जितेको थियो। अहिलेसम्म भारतबाहेक कुनै देशले उपाधि जित्नसकेको छैन।

त्यसैले यो फाइनल जसले जिते पनि साफको नयाँ विजेता बन्नेछ। तर साफको इतिहास हेर्ने हो भने नेपाल बलियो देखिन्छ। यी दुई टिमबीच साफमा तीन पटक भेट हुँदा तिनै पटक नेपालले जित निकालेको छ।

सबै खेलहरुको कुरा गर्ने हो भने नेपालले बंगलादेसशँग आठ पटक खेलेको छ। जहाँ, नेपालले छ खेल जितेका छ भने दुई खेल बराबरी भएको छ। त्यसो त बंगलादेशले अहिलेसम्म नेपाललाई जितेको छैन।

यही तथ्यलाई नजिकबाट चिनेका नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा यो ट्रफी नेपालमै राख्न चाहन्छन्। उनी भन्छन्,‘दुई वर्षपछि नेपाल आएको ट्रफी हो। तर अब दुई वर्षका लागि हामी यो ट्रफी घरमै राख्न चाहान्छौं। हामी बंगलादेशको युवा जोसलाई हराएर उपाधि जित्न चाहान्छौं।’

त्यसो त बंगलादेशले पहिलो फाइनल यात्रामा उपाधि जित्न सकेको थिएन। त्यसैले उसलाई यो वर्ष दोस्रो अवसर छ। नेपालले भारतलाई मुस्किलले हराउँदा बंगलादेशले ३–० को सहज जित निकालेको धेरै भएको छैन।

बंगलादेशका युवा खेलाडी ९० मिनेटमै एउटै लयमा खेल्न सक्छन्। बल पास दिने र खोस्नमा उनीहरु पहिलेजस्तो कमजोर पनि छैनन्। उसको खेल हेर्ने हो भने बंगादेश बदलिएको छ।

‘घरेलु टोलीविरुद्ध खेल्न र जित निकाल्नु सजिलो छैन। खेल निकै प्रतिस्पर्धात्मक हुनेछ। हामी मानसिक रुपमै फाइनलमा लागि तयार भएका छौं,’ बंगलादेशी टिमका मुख्य प्रशिक्षक गोलोन रबानी छोटोनले भनेका छन्।

उनी बंगलादेशको सबै उमेरसमूहका प्रशिक्षक पनि हुन्। उनको टिमले उमेर समूहमा भने साफ जितिसकेको छ। त्यसैले उनी सिनियर टिमलाई पनि उपाधि दिलाउने लक्ष्यका साथ नेपाल आएको बताउँछन्।

जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुवै टिमले गोलको सामना गरेकै छैन। साँच्चै भन्ने हो भने यी दुई टिमको डिफेन्स छिचोलेर गोलकिपर सम्म पुग्ने आँट कुनै विपक्षीले गर्न सकेका छैनन्। त्यसैले पनि आजको सुरुआति गोलले धेरै अर्थ राख्नेछन्।

नेपाली टिमका प्रशिक्षक कुमार थापा पनि यसै भन्छन्। ‘आज जसले गोल गर्छ उसलाई धेरै फाइदा हुनेछ। जित्ने सम्भावना पनि उसकै हुन्छ। प्रतियोगितामा दुवै गोलको सामना नगरेका टिमहरु हुन्, खेलअघि थापाले भनेका छन्। 

प्रकाशित: Sep 19, 2022| 09:35 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।