बुधबार, असार ३, २०८३

६८१ जना कैदीको बाँकी सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ जना कैदीको बाँकी सजाय मिनाहा गरेकी छन्। सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा कैदीहरूको सजाय माफ गरिएको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ जना कैदीको बाँकी सजाय मिनाहा गरेकी छन्। सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा कैदीहरूको सजाय माफ गरिएको हो। 

‘नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा  भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Sep 18, 2022| 17:25 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...