काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ। बैठकले प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउने बताइएको छ।
सचिवालय बैठक हिजो शनिबार पनि बसेको थियो तर हिजोको बैठकमा समानुपातिक बन्दसूचीको कानुनी प्रावधानबारे मात्रै छलफल भएको थियो। आजको बैठकले भने उम्मेदवार नै टुंग्याउने बताइएको छ।
तल्ला कमिटीबाट आएका सिफारिसको आधारमा सर्ट लिस्टिङको काम भइरहेको नेताहरुले बताएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ र २ असोजमा समानुपातिक बन्दसूची बुझाउनुपर्ने निर्वाचन आयोगले कार्यतालिका प्रशाशन गरेको छ।