आइतबार, मंसिर ७, २०८२

तेस्रो संस्करणको ब्यास युवा कप फुटबल प्रतियोगिता सोमबारदेखि

ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- तेस्रो संस्करणको ब्यास युवा कप  फुटबल प्रतियोगिता सोमबारदेखि तनहुँमा हुने भएको छ। ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता असोज ३ गते सोमवार देखि ११ गतेसम्म चल्नेछ।

National life

यसअघि प्रतियोगिताका दुई संस्करण  सेभेन ‘ए’ साइड फरम्याटमा सञ्चालन गरिँदै आएको क्लबका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए।  प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, लम्जुङ र चितवन जिल्लाका ४२ टोलीको सहभागिता रहने छ।

नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपियाँ र उपविजेतालाई ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पुरस्कार प्रदान गरिने जानकारी पनि गुरुङले दिए।

दमौलीको बीपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ एन्फा ले प्राविधिक सहयोग गर्नेछ। कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई ब्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेको आयोजकले जनाएको छ।

प्रकाशित: Sep 18, 2022| 13:33 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।