मंगलबार, साउन १९, २०८३

समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक आइतबार नौ बजे बस्दै छ। समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ। कांग्रेसले आठ जना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो। 

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन्। समितिको बैठक हिजो पनि बसेको थियो। निर्वाचन आयोगले असोज दुई र तीन गतेभित्र समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ।

प्रकाशित: Sep 18, 2022| 09:21 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...