मंगलबार, फागुन १९, २०८२

उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- इंग्लिस प्रिमिर लिगमा उल्भ्सविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ। उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।

सिटीलाई जित दिलाउन ज्याक ग्रिलिस, इर्लिङ हाल्यान्ड र फिल फोडेनले गोल गरेका थिए। खेलको पहिलो मिनेटमै डिब्रुएनाको पासमाग्रिसिले गोल गरेका थिए। त्यसपछि सिटीले बर्नान्डो सिल्वाको पासमा हाल्यान्डले १६औं मिनेटमा गोल थपेका थिए।

यता खेलको ३३औं मिनेटमा उल्भ्सका नाथन कोलिन्सले रातो कार्ड पाएपछि उनी बाहिरिएका थिए। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो। 

यो जितसँगै १७ अंक बनाएको सिटी तालिकाको शीर्षस्थानमा छ। समान १७ अंक भएको टोटेनहमचाहिँ दोस्रो स्थानमा। गएरातिकै खेलमा एस्टन भिल्लाले साउथह्याम्टनलाई १–० ले हराएको थियो। त्यस्तै, फुटह्यामले नटम फरेस्टलाई ३–२ ले हराएको छ। प्रिमियर लिगमा आज आर्सनलले ब्रेन्टफर्डको सामना गर्नेछ।

प्रकाशित: Sep 18, 2022| 08:01 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।