बुधबार, असार ३, २०८३

राजनीतिक उथलपुथलकाबीच सदनको कार्यकाल सफल

नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद् दुईपटक विघटन भए पनि पूरा कार्यकाल सञ्चालन हुनु पनि आफैँमा एउटा ठूलो उपलब्धि भएको राजनीतिक दलका नेताहरूको टिप्पणी छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- मुलुकमा विकसित राजनीतिक उथलपुथलका घटनाक्रमका बीच सङ्घीय संसद्को वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्‍न भएको छ। नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद् दुईपटक विघटन भए पनि पूरा कार्यकाल सञ्चालन हुनु पनि आफैँमा एउटा ठूलो उपलब्धि भएको राजनीतिक दलका नेताहरूको टिप्पणी छ।

National life

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यसअघिका कुनै पनि संसद् पूर्णकाल सञ्चालन नभएको परिप्रेक्ष्यमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको प्रावधनपछि गठन भएको पहिलो संसद् पूर्ण कार्यकाल पूरा गर्नु आफैँमा सुखद पक्ष भएको प्रतिक्रिया दिए। 

उनले भने, 'इतिहासका खास–खास मोडहरू धेरै महत्वपूर्ण हुन्छ। सदन विघटनपछि संविधानमाथि संकट, व्यवस्थामाथि चुनौती खडाको बेला पुनःस्थापना गराएर पूरा कार्यकाल चलेको छ, यो विषयलाई सुखद् मान्नुपर्छ। यसले संविधान र व्यवस्थाको जग बसेको छ।'

सदनको यस कार्यकालमा संविधान जारीपछि संविधान अनुकूल बनाउन पर्ने धेरै ऐन संशोधन र नयाँ ऐन निर्माणका काम हुनुलाई पनि राजनीतिक दलका नेताहरूले सुखद् पक्षको रूपमा विश्लेषण गरेका छन्।

सदनको यसै कार्यकालमा राष्ट्रियता, स्वाधिनता, गणतन्त्रसम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरी राष्ट्रिय सहमतिका आधारमा निर्णय पुगेको घटनालाई पनि उल्लेख्य उपलब्धिकारुमा हेरिएको छ। नेकपा (एमाले)का युवानेता योगेश भट्टराईले सदनको प्रारम्भका दिनमा निकै राम्रा काम भएको बताए। उनले भने, 'सङ्घीयतालाई संस्थागत र गणतन्त्रलाई कार्यान्वयन गर्ने जग बसाल्ने काम गरेकाले सदनको यस भूमिकालाई उल्लेख्यरूपमा लिन सकिन्छ।'

Shivam cement

पूर्वमन्त्री हृदयेश त्रिपाठीले सदन पूरा कार्यकाल चल्न नपाएर विगतमा व्यवस्था नै दुर्घटनामा परेको नजिरलाई यस सदनले अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिए। 

उनले भने, 'यसपटक पनि विघटन र पुनःस्थापनको क्रम चिलिरह्यो। विघटन र पुनःस्थापनाको बीचमा अलिकति अप्ठ्यारोमा त परेको हो तर कुनै दुर्घटना भने हुन पाएन। निजामती सेवा ऐन पारित नहुनु संविधान र सङ्घीयता कार्यान्वयनको ठूलो बाधाका रूपमा मैले लिएको छु।'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पहिलो निर्वाचित संसद् जुन हिसाबले अघि बढ्न सक्नुपर्दथ्यो, त्यो अघि बढ्न नसेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, 'यसबीचमा भएका त्रुटि, कमजोरीलाई कमजोरी गर्नेले जसरी आत्मसमीक्षा गर्नुपर्ने थियो, त्यो गरेको पाइनँ, गल्ती स्वीकार नगर्ने परिस्थिति सार्वजनिक गरेको छ।'

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सदनका यस कार्यकालमा संविधान संशोधन, संघीयतालाई आवश्यक कानुन निर्माण, मुलुकको विविधतायुक्त समाजलाई सम्बोधन गरी समानता र पहिचानसम्बन्धी कानुन बनाएर व्यवहारमा उतार्ने काम हुन नसकेको बताए।

नेपाली कांग्रेसका नेत्री सुजाता कोइराला संसद्को कार्यकालमा आन्तरिक झगडाका कारण बहुमतको सरकार फेर्ने लगायतका राजनीतिक उथलपुथलका घटना भए जसबाट हामीले ठूलो अनुभव र पाठ सिकेका छौँ भन्नुभयो। पूर्वसभामुख ओनसरी घर्तीले वर्तमान गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि मात्र नभई प्रतिगमन रोक्न बनेको बताए।

एमाले संसदीय दलका नेता विशाल भट्टराईले यस संसद्को प्रारम्भिक चरणमा संविधान अनुकूलका कानुन निर्माणलगायत विकास निर्माण र सुशासन कायम गर्न सफल भएको बताए। उनले भने, 'यसै कार्यकालमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको रक्षा गर्ने सन्दर्भमा धेरै ठूलो उपलब्धि हासिल गरेका छौँ।'

प्रकाशित: Sep 17, 2022| 20:19 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...