बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्‍न - अब कुन मुखले भोट माग्‍नुहुन्छ?

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्‍न - अब कुन मुखले भोट माग्‍नुहुन्छ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गरेका छन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गरेका छन्। 

National life

मेयर शाहले शनिबार सामाजिक सञ्‍जालमा एक पोस्ट लेख्दै तीनकुनेमा ५० वर्षदेखि आफैंले हस्ताक्षर गरेको समस्या समाधान नगरेर अब कुन मुखले भोट माग्‍ने भन्दै प्रश्‍नसमेत गरेका छन्। 

उनले भनेका छन्, 'आदरणीय माधव नेपालज्यू तथा सम्माननीय रास्ट्रपतिज्यू, प्रधानमन्त्री बन्‍नुभयो रास्ट्रपति बन्‍नुभयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्‍न जानुहुन्छ? अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्‍ने आशा राखेको छु।'

मुआब्जा विवादले चार दशकभन्दा बढी समयदेखि तीनकुनेमा पार्क निर्माण हुन सकेको छैन। सरकार र जग्गाधनीबीचको विवाद नटुंगिदा पार्क बन्न नसकेको हो। सरकारले ०३१ मा तीनकुनेमा करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो। 

काठमाडौं महानगरपलिकाले पटक–पटक  पार्क निर्माणको नक्सा तयार पारे पनि अहिलेसम्म निर्माण कार्य अघि बढाउन सकेको छैन्। ०५९ मा मञ्जुश्री पार्क बनाउने योजना अघि सारेका थिए। महानगरपालिकाले पार्क निर्माणमा करिब एक अर्ब २३ करोड रुपैयाँ लागत खर्च लाग्‍ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र डिजाइन तयार पारेको थियो। 

Shivam cement

पार्कमा मण्डलासहितको शान्तिको प्रतीक एक सय आठ मिटर अग्लो बुद्धमूर्तिसहित आकर्षक उद्यान बनाउने योजना थियो। हिन्दू र बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै पार्कमा स्तुप, ध्यानकेन्द्र, अनि ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक राख्ने  योजना थियो।

केही जग्गाधनीले मुआब्जा बुझे पनि झन्डै डेढ सय जग्गाधनीले २५ रोपनी जग्गाको मुआब्जा नपाएको बताइएको छ। मालपोत कार्यालयले तोकेको हालको जग्गा मूल्य र चलनचल्तीको मूल्यको आधा रकम मुआब्जा पाए लिन तयार रहेको उनले बताए।

काठमाडौं महानगरपालिकाले मुआब्जा विवाद सुल्झाउनबारे प्रतिवेदन तयार गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझाएको पनि हो। तर, विवाद समाधानमा सरोकारवाला निकाय गम्भीर नभएको बताइएको छ। 

तीनकुने नेकपा एकीकृत समाजवादीका नेता माधव कुमार नेपालको निर्वाचन क्षेत्र हो। २०७४ को निर्वाचनमा माधव नेपाल काठमाडौंको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।  २०५० सालको उपनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रपति भण्डारी प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भएकी थिइन्। 


प्रकाशित: Sep 17, 2022| 19:42 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...