पोखरा- गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो।
बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो। ट्रफीलाई अन्य ५ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपीएफको मुख्यालयमा प्रदर्शनका लागि लगिने छ भने अन्तिममा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा पुर्याइने छ।