मंगलबार, पुस १, २०८२

अछामका पहिरोमा १३ जनाको मृत्यु, १० बेपत्ता

अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। अझै १० बेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं- अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। अझै १० बेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ।  प्रहरीका अनुसार पहिरोले कमलबजार नगरपालिका–८ मा पाँच जनाको मृत्यु भएको छ।

National life

कमलबजारकै वडा नम्बर ६ ठाँटीखाँदमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। उनीहरु सबैको शव भेटिएको छ। त्यहाँ अझै तीन जना बेपत्ता छन् भने ७ घाइतेको उद्धार गरिएको छ।

शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका जिल्लाको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाचौर गाँउकी १६ वर्षीया विमला शाही र जानकी शाहीको शव पनि भेटिएको छ। विमला पहिरोमा बेपत्ता रहेका नेत्रबहादुर शाहीकी छोरी हुन् भने जानकी मिनबहादुर शाहीकी छोरी हुन्। उनीहरु दुवै नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। त्यहाँ अझै ७ जनाको शव भेटिन सकेको छैन।

स्थानीय नेत्रबहादुर शाही र उनकी श्रीमती मनीषा शाही तथा रितबहादुर शाहीकी दुई बुहारी भावना र कमला शाही तथा उनकी दुई नातिनी र छोरा सुन्दर शाही रहेका छन्। रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् भने अन्य सबै रोजगारीका लागि भारतमा रहेका छन्।

उद्धारका लागि प्रहरी परिचालन गरिएपनि घटनास्थल निकै टाढा रहेकाले समयमा पुग्न समस्या भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन्। अछामकै ढकारी गाँउपालिका–१ मा निरन्तरको वर्षाका कारण घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

निरन्तरको वर्षाले जिल्लाकै ढकारी गाँउपालिका–६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढाको घर भत्किँदा उनका एक नातिको च्यापिएर मृत्यु भएको छ।

प्रकाशित: Sep 17, 2022| 10:43 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।